२० माघ, २०८१ आइतबार
09:30:44 AM
२४ जेठ, २०८०
सरकार ढल्ने निश्चित भएपछि कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ।
मंगलबार मात्रै माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको थियो।
फागुन १७ मा नामकरण गरेपछि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले सरकार ढल्ने भएपछि वार्ता समिति बनाएका छन्।
प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री तिलकुमार मेयाङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता टाेली गठन भएको सरकारका प्रवक्ता भक्ति सिटाैलाले बताए।
समितिकाे सदस्यहरूमा कृषि मन्त्री भक्ति सिटाैला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी छन्।
फागुन १७ मा प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन्। आन्दोलनका क्रममा एक जनाको ज्यान गइसकेको छ भने झडपहरू नियमित रूपमा भइरहेका छन्।